Press Release

नेपाल विधुत प्राधिकरणले पत्र पठाई खिम्ति-२ जलविधुत आयोजना (४८ ८ मे. वा.) लाई विधुत खरिद बिक्री सम्झौता

  • नेपाल विधुत प्राधिकरणको पत्र मिति २०७२-०५-०६ मा नेपाल विधुत प्राधिकरणले पत्र पठाई खिम्ति-२ जलविधुत आयोजना (४८ ८ मे. वा.) लाई विधुत खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्न अनुरोध गरेको छ । नेपाल विधुत प्राधिकरण र पिपल्स हाईड्रो सहकारि संस्थाबिच गत चैत्रमा नै Draft PPA मा हस्ताक्षर भैसकेको थियो । सो पत्रका अनुसार ब्यापरिक उत्पादन सुरु गर्ने मिति २०७८ साल श्रावण १ गते भन्दा नब्बे दिन पछि सम्म कायम रहने गरि रु २,९२,८०,००० ( अक्षरुपि रु दुई करोड बयानब्बे लाख अस्सि हजार ) को वाणिज्य बैंकद्वारा ने. वि. प्रा. को नाममा जारि गरिएको नि:शर्त परफरेन्स जमानत पेश गर्नु पर्नेछ

देशकै पहिलो इपिसी–एफ मोडलमा खिम्ती–२ को निर्माण

  • सरकारले इपिसी–एफ मोडलमा ठूला जलविद्युत आयोजना निर्माण गर्ने बहस गरिरहँदा एक कदम अघि बढेर यसलाई निजी क्षेत्रले व्यवहारमा उतारेको छ । ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनामा चिनियाँ कम्पनीलाई लगानी ल्याउने जिम्मा समेत दिएर निजी क्षेत्रले यसको पुष्टि गरेको हो । रामेछाप र दोलखाको सीमामा निर्माण हुने आयोजनामा चीनको चोङक्विङ वाटर टर्बाइन वर्क्स (सिडब्लूटिडब्लू) ले ८ करोड ८० लाख अमेरिकी डलर लगानी सहित निर्माणको ठेक्का पाएको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्ने उक्त आयोजनाका लागि लगानी भित्र्याउने तथा ठेक्काका विषयमा गत फागुन ३० (१४ मार्च, २०१८) गते चीनमै सम्झौता भएको थियो । तर, सम्झौता कागजात आदानप्रदान भने नभएको कम्पनीले जानकारी दिएको छ । चिनियाँ कम्पनीसँगको दर्जनौं छलफलपछि मात्र लगानी जुटाउने र ठेक्का सम्झौता गर्ने चरणमा पुगेको कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले बताए । ‘निर्माण सुरु भएको ३ वर्षमा आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘त्यही अनुसार कम्पनीले काम अघि बढाइसकेको

उर्जा मन्त्रीको अध्यक्षतामा बसेको नेपाल विध्युत प्राधिकरण संचालक समितिको बैठक

  • उर्जा मन्त्रीको अध्यक्षतामा बसेको नेपाल विध्युत प्राधिकरण संचालक समितिको बैठकको निर्णय अनुसार मिति २०७२-०५-०६ को मितिमा प्राप्त पत्र बमोजिम मिति २०७२-०६-१५ गते नेपाल विध्युत प्राधिकरण र पिपल्स हाइड्रो सहकारि संस्थाबिच खिम्ति-२ जलविध्युत आयोजनाको विध्युत खरिदबिक्री गर्ने सम्झौता (PPA)  सम्पन्न भएको छ । पिपल्स  हाइड्रो सहकारि संस्थाका अध्यक्ष श्री कृष्ण प्रसाद आचार्य र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक श्री मुकेशराज  काफ्लेले विध्युत खरिद बिक्री सम्बन्धि सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।  सम्झौता अनुसार २०७८ श्रावण १ गते देखि खिम्ति-२ जलविध्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नु पर्नेछ  ।

गोर्खा महाभुकम्पले क्षतिग्रस्त भएका, दोलखा रामेछापमा पर्ने खिम्ति -२

  • गोर्खा महाभुकम्पले क्षतिग्रस्त भएका, दोलखा रामेछापमा पर्ने खिम्ति -२ जलविध्युत आयोजना क्षेत्र अन्तर्गतका, सामुदायिक विध्यालयहरुलाई  राहत स्वरुप जस्तापाता वितरण गर्ने कार्यको निरन्तरताको क्रममा जिरि-६, दोलखा मा अवस्थित श्री सहिद आवासिय मा. वि. लाई १० बण्डल (१०० थान) जस्तापाता विरतण गरियो । उक्त विध्यालयले २०६६ साल देखि निरन्तर रुपमा सहिद, बेपत्ता, घाइते परिवारका बालबालिकाहरुलाई आवासिय सुविधा सहित अध्ययन अध्यापन गराइरहेको छ.