कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । २०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवक्र्स, इन्टेक, सुरुङ्, विद्युत गृहलगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए । आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानकार्य जारी छ । आयोजनाबाट उत्पादित विद्युत गर्ज्याङ्ग–खिम्ती शवस्टेशनमा चार्ज गर्ने गरी भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) १ सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको कामसमेत जारी रहेको अर्यालले बताए । सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको उक्त आयोजनाको हालसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।